काठमाण्डु– रवि लामिछानेको बयान सुरु भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट बयान सुरु भएकाे हाे ।
यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ भने अब रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको वयान लिन बाकी छ । उनीहरुको बयान शुक्रबारसम्ममा सक्ने तयारी छ।
२ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेका लामिछानेविरुद्ध पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया