काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराका सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् ।
पार्टीको प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा पुगेका लामिछानेलाई पोखराको बिरौटास्थित एउटा ब्याङ्क्वेटमा सहकारीपीडित बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।
लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर उनी पुग्नु अगावै सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरिरहेका थिए । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेलाई सहकारी पीडितले कालो झण्डा देखाएका हुन् ।
पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम अहिले भइरहेको छ । ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण कार्यक्रम स्थलबाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सहकारी पीडितको प्रदर्शनका कारण लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्याइएको थियो । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।
प्रतिक्रिया