काठमाण्डु–पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरबाट गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
आज भने सबै अदालती प्रकृया पुर्याएर कारागार पठाइएको हो । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवलमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
प्रतिक्रिया