सरकार परिवर्तनको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लामिछाने

सरकार परिवर्तनको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लामिछाने


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूलाई सरकार परिवर्तनबारे केही थाहा नभएको बताए ।

उनले भने, ‘त्यस्तो छैन, हल्ला मात्रै हो । कहाँ छ र त्यस्तो ? थाहा छैन । म पनि अब सरकारमै छु । सरकारको समीकरणको साझेदार नै हुँ । मेरो पनि भर्खर २ जना नेतासँग कुराकानी भयो । त्यस्तो केही पनि होइन ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सामान्य भेटघाट भएको उनले बताए । उनले अगाडि थपे, ‘यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन । कहीँ कतै मैले त्यस्तो सम्भावना देखेको छैन ।’