माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत परिणाम दिन सकेन : सभापति लामिछाने

माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत परिणाम दिन सकेन : सभापति लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन परिणाम दिन नसकेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाए । ‘हामीले अकर्मण्य र छिनाझम्टीमै रह्यौं,’ उनले भने ।

सभापति लामिछानेले दलीय भागबण्डासहित आयोग बनाइयो भने जसोतसो काम गर्ला तर पीडितलाई न्याय सुनिश्चित नगर्ने बताए । उनले भने, ‘आयोगलाई नाममा मात्रै होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष गरौं ।’

संक्रमणकालीन न्यायको विषयलाई पारदर्शी बनाउनुपर्ने उनले बताए । ‘पीडितलाई न्याय अनिवार्य शर्त हुनैपर्छ,’ उनले भने ।