पोखरामा रास्वपाका कार्यकर्ताको विरोध प्रदर्शन (फोटो फिचर)

पोखरामा रास्वपाका कार्यकर्ताको विरोध प्रदर्शन (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि रास्वपाका कार्यकर्ता भेला भएर प्रदर्शन सुरु गरेका हुन् ।

यस्तै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा ‘सहकारी पिडितलाई न्याय दे’, ‘राजनितीक प्रतिसोध बन्द गर’, ‘मानव तस्करलाई कारवाही गर’ जस्ता प्लेकार्ड बोकेर कार्यकर्ताहरुले  र्‍याली निकालेका छन् ।

सहकारीको बचत अपचलनको अभियोगमा रास्वपा सभापति लामिछाने शुक्रबार पक्राउ परेका थिए। उनलाई शुक्रबार राति नै पोखरा लगिएको थियो। सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको सभापति लामिछानेलाई बिहान ३ बजे हिरासतमा लिइएको थियो।

रास्वपाले यस प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा लिएको छ। यसविरूद्ध विरोधमा उत्रिन पार्टीले संस्थागतरूपमै आह्वान गरेको हो।

सभापति लामिछाने पक्राउको विरोध गर्दै रास्वपाले शुक्रबार नै विज्ञप्ति निकालेको थियो।