काठमाण्डु– पूर्गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनालाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई म्याद थपकालागि अदालतमा उपस्थित गराइने भएको हो ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
कात्तिक २ गेत काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका रवि कास्की हिरासतमा रहेका छन् ।
प्रतिक्रिया