पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चौँथो पटक म्याद थप्न कास्की अदालतमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालतमा पेस गरिएको हो ।
लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।
यसअघि जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धानका लागि २० कात्तिकमा १५ कात्तिकदेखि गणना हुने गरी १० दिनको समय दिएको थियो ।
पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले लामिछानेलाई कात्तिक २ गते रास्वपा पार्टी कार्यालय चःमतिबाट पक्राउ गरेको थियो ।
यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।
प्रतिक्रिया