रवि लामिछानेलाई आज भैरहवामै राखिने

रवि लामिछानेलाई आज भैरहवामै राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रास्वपा सभापति रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ ।उनलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ । उनलाई भोलि बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मंगलबार रुपन्देही लगिएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइएको हो ।

पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन् ।

बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरिएपनि ढिलो भएपछि भोलि पठाइने भएको हो ।