लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस

प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन


पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरिने भएको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर ५ पुससम्म जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नेछ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन आरोपमा लामिछाने २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए । उनलाई त्यसैदिन राति कास्की पु¥याइएको थियो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

सम्पत्ति शुद्धीकरणमा दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी प्रावधान छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भर्खरै प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् ।