काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज अन्तिमपटक म्याद थपका लागि अदालत लगिदैंछ ।
हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपकालागि आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो ।
यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अब ४ दिन मात्र म्याद थप्न पाइन्छ ।
प्रतिक्रिया