काठमाण्डु– रास्वपा सभापति रवि लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ । हिरासतमा राखेर अनुसन्धान गर्न अन्तिम पटक म्याद थपकालागि आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।
यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अब ४ दिन मात्र म्याद थप्न पाइन्छ ।
प्रहरीले लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिक्रिया