काठमाण्डु – जिल्ला अदालत रुपन्देहीले सहकारी ठगीका प्रतिवादी रवि लामिछाने सहितको सम्पत्ति रोक्का राख्न आदेश गरेको छ ।
आईतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्दै सम्पत्ति रोक्का गर्न आदेश दिएको छ ।
अदालतको थुनछेक आदेशमा उल्लेख छ, ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा रोक्का राखी सोको जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरूलाई लेखी पठाउनू ।’
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही अदालतले रविलाई १ करोड धरौटीमा रिहा गरेको छ । उनी बैंक ग्यारेन्टी बुझाएर रिहा भइसकेका छन् ।
प्रतिक्रिया