विरोध प्रदर्शन गर्न पाउनुपर्छ, निषेधको राजनीति लामो समय टिक्दैन : रवि लामिछाने

विरोध प्रदर्शन गर्न पाउनुपर्छ, निषेधको राजनीति लामो समय टिक्दैन : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जोसुकैले पनि विरोध र प्रदर्शन गर्न पाउनुपर्ने भएका छन् ।

आज शुक्रबार मधेश प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको विरोधलाई सरकारले रोक्न खोजेका बेला सभापति लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराएका छन् ।

‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनुहुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले जहाँबाट, जुन कोणबाट भूइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्छ । जसले जसरी अभिव्यक्त गरे पनि आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुपर्छ, प्रदर्शन गर्न पाउनुपर्छ, जनताको मुद्दा उठाउन पाउनुपर्छ । निषेधको राजनीतिक लामो समय टिक्दैन । जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक नहोस् । हामी भने शान्त ढंगले निर्वाचनका माध्यमबाट यो प्रणालीलाई स्वीकारेर जाने पक्षमा छौं ।’