काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काएको छ ।
आइतबार बसेको रास्वपा सचिवालयको बैठकले साढे ५ महिनापछि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।
उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछाने पार्टीका क्रियाकलापमा सहभागी हुन लागेको जानकारी गराए । ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले गर्नुहुन्छ । दोस्रो बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नुहुन्छ,’ उनले भने ।
सहकारी काण्डमा रवि कात्तिक २ गते पक्राउ परेका थिए भने पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया