रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

बिहीबार रवि पत्नी निकिता पौडेल आफैं अदालत गएर रिट दर्ता गरेकी हुन् ।रास्वपा सहप्रवक्ता प्रतिभा रावलले रिट दर्ता भएको जानकारी दिइन् ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उल्ट्याउँदै अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

लामिछानेलाई सोमबार भैरहवा कारागार चलान गरिएको थियो ।