रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउन आदेश

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउन आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो।

रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो तर रुपन्देहीको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवलले चैत २२ गते थुनामै पठाउन आदेश दिएको थियो ।