हुनेवाला बुहारीसँग बिकीनी, सामाजिक सञ्जालमा नयाँ तरंग

हुनेवाला बुहारीसँग बिकीनी, सामाजिक सञ्जालमा नयाँ तरंग


काठमाडौं—एक चर्चित नेपाली बैकरले आफ्नी हुनेवाली बुहारीसँग खिचेको एक बिकीनी फोटोले यतिबेला सामाजिक सञ्जालमा ठूलै तरंग सिर्जना गरिरहेको छ । कुरा हो मेगा बैककी सहायक उप—कार्यकारी अधिकृत रबिना देसराज र उनका ज्येष्ठ सुपुत्रकी प्रेमिका नायिका प्रियंका कार्कीको ।

उनीहरु दुवैले नीजि घरमा खिचिएको एक बिकीनी अवतारको सेल्फी सार्वजनिक गरेपछि चर्चा र आलोचनाले घेरिएका हुन् ।

रबिना देसराजका ज्येष्ठ सुपुत्र आयुष्मान देसराजकी प्रेमिका हुन् नायिका प्रियंका कार्की । उनले आफ्नी हुनेवाला सासुसँग एक बिकिनी फोटो खिचेर इन्ट्राग्राममा सार्वजनिक गरेकी छिन् । प्रियंकाले सार्वजनिक गरेको उक्त फोटोमा ‘अ मच निडेड पम्पर डे’ क्याप्सन लेखिएको छ ।

तस्विरमा रविना रातो बिकीनीमा देखिन्छिन् भने प्रियंका कालो बिकीनीमा छन् । रबिना पनि ग्ल्यामर छविकी बैकर मानिन्छन् ।

२१ हजार बढीले लाइक गरेको उक्त फोटोमा सयौंले कमेन्ट गरेका छन् । सामाजिक सञ्जालमा पनि रविना जस्तो चर्चित बैकर आफ्नी हुनेवाला बुहारीसँग अर्धनग्न फोटो सुट गराएको भन्दैं आलोचना सुरु पनि भएको छ । कतिपयले भने रबिनाको बचाउ समेत गरेका छन् ।