काठमाडौं– पर्यटनमन्त्री रवीन्द्र अधिकारीले राजीनामा दिने तयारी गरेका छन् । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका अधिकारीले सोमबार विहान आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने सुचना उनको निजी सचिवालयले दिएको छ । पत्रकार सम्मेलनमार्फत वाइन बडी विमानबारे आफ्ना भनाई राखेर अधिकारीले राजीनमा दिन लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंग अधिकारीले परामर्श गरेपछि सोमबार उनले राजीनामा दिने तयारी गरेका हुन् । सार्वजनिक लेखा समिति बैठक पनि सोमबार विहान नै वस्ने तय भइसकेको छ ।
समितिले अधिकारीसहित सचिव कृष्ण देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गर्ने तयारी छ । मन्त्री अधिकारीले लेखा समितिको वैठक वस्नुअघि नै राजिनामा दिने तयारी गरेको उनि निकट स्रोतको दावी छ ।
प्रतिक्रिया