माओवादीकै सांसदले लगाए गृहमन्त्री शर्मामाथी शक्ति दुरुपयोग गरेको आरोप

माओवादीकै सांसदले लगाए गृहमन्त्री शर्मामाथी शक्ति दुरुपयोग गरेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– नेपाल प्रहरीका पुर्व प्रमुख रविन्द्रप्रताप शाहले गृहमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रती असन्तुष्टी जनाएका छन् । प्रहरीको सरुवा र बढुवामा नियमविपरीत काम गरेको भन्दै उनले गृहमन्त्रीको आलोचना समेत गरेका छन् ।

गृहमन्त्री शर्माले वरियता मिचेर प्रहरीको बढुवा गरेको र नियम कानुन नवनाई अनावश्यक दरवन्दी थपेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको बेला शाहको यस्तो भनाई आएको हो । गृहमन्त्री शर्माको ठाडो आदेशमा ट्राफिक महाशाखा प्रमुख डिआईजी मिङमार लामाको सरुवाप्रती पनि शाहले आपत्ति जनाएका छन् । “नराम्रो काम गरेको थियो भने कि एआईजी बढुवामा सिफारीस गर्नुहुन्थेन कि यसरी हचुवाको भरमा सरुवा गर्नुहुन्न थियो,विशिष्ट श्रेणीमा पुगेको मान्छेको इज्जत त हुन्छ नी ।” शाहले काठमाण्डौपार्टीसंग भने ।

शाहले राजनीतिक नेतृत्वले अरुको इज्जत गर्न पनि जान्नुपर्ने बताए । एमाओवादी केन्द्रबाट सांसद समेत रहेका शाहले सामाजिक संजाल फेसबुकमा समेत लामालाई सरुवा गरेको प्रति आपत्ती जनाएका छन् ।

उनले फेसबुकमा डिआईजी लामाको फोटो पोष्ट गर्दैै यस्तो लेखेका छन्– एआईजी बढुवामा सिफारीस गर्ने ? अनि,त्यही बढुवा निस्किन नपाउदै अपर्झट हेडक्वार्टर पनि तान्ने ? के ताल हो सरकारको ? शक्ति छ भन्दैमा जे पनि गर्न मिल्छ ? यहि हो लोकतान्त्रिक विधी ? यस्तै हुन्छ पारदर्शिता ?

नेपाल प्रहरीको एआईजी बढुवा सिफारीसमा शर्माले राजनीतिक दवावमा वरियतामा पछि रहेकालाई एआईजी सिफारीस गरेपछि उक्त निर्णय विवादमा परेको थियो ।
मन्त्री शर्माले राजनीतिक दवावमा काम नगर्ने दावी गरेपनि पछिल्लो समय प्रहरीको बढुवा प्रक्रिया राजनीतिक भागवण्डाको आधारमा भएको भन्दै सर्वत्र उनको आलोचना भइरहेको छ ।

नेपाल प्रहरीमा एआईजी र डिआईजी बढुवामा कार्यसम्पादन राम्रो भएका र वरियतामा अघि रहेका डिआईजी मधु पुडासैनी,पंकज श्रेष्ठ, माधव नेपाल र हेमन्त पाललाई बढुवामा छुटाएर वरियतामा पछि रहेका र कार्यसम्पादन पनि राम्रो नभएका विजयलाल कायस्थ, रणबहादुर चन्द र विजयराज भट्टलाई बढुवा सिफारीस गरेपछि मन्त्री शर्माको आलोचना भएको हो ।

एमाओवादी केन्द्रको सिफारीसमा सांसद समेत बनेका शाहले प्रहरीका उच्च अधिकृतको बढुवा सिफारीसको आधारमा मुल्याङकन गर्ने हो भने गृहमन्त्री शर्माबाट आशा राख्ने ठाउ नभएको दावी गरे ।

” एआईजीको भकाभक दरवन्दी थप्ने काम भएको छ, कुन नियम र ऐनमा टेकेर यो काम भयो,संघिय संरचनामा लैजाने भनेर बनाएको कुवेर रानाको प्रतिवेदन खोई कार्यान्वयनमा गएको, यसरी गृहप्रशासन चल्दैन ।” शाहले भने