एटीपी फाइनल्सको पहिलो खेलमा राफेल नाडल पराजित

एटीपी फाइनल्सको पहिलो खेलमा राफेल नाडल पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – शीर्ष वरीयताका राफेल नाडल एटीपी फाइनल्सको पहिलो खेलमा नै पराजित भएका छन् । स्पेनिस खेलाडी नाडल डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए ।

यो पराजयसँगै नाडल यो वर्ष वरीयता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडालले खेल त्यागेका थिए । इन्ज्युरीपछि एटीपी फाइनल्स खेलेका नाडाल भेरेभसँग ६–२ र ६–४ को सोझो सेटमा पराजित भए ।

त्यसपछि छैटौँ वरीयताका स्टेफानो सिटसिपासले डेनिल मेद्भेदेभलाई २–० कै सेटमा पाखा लगाए ।

२१ वर्षे ग्रिक खेलाडी सिट्सिपासले ओ२ एरेनामा भएको खेलमा रसियाका मेद्भेदेभलाई ७–६(७–५) र ६–४ को सेटमा पाखा लगाए । नाडालको यो पराजय पश्चात् दोस्रो वरीयताका नोभाक जोकोभिच शीर्ष स्थानमा उक्लिन सक्ने सम्भावना बढेको छ ।

टेनिसको वरीयताक्रम अर्को साता सार्वजनिक हुनेछ ।