स्वतन्त्रताको खोजीमा देश छोडेकी साउदी युवती राहफ क्यानडा पुगिन्

स्वतन्त्रताको खोजीमा देश छोडेकी साउदी युवती राहफ क्यानडा पुगिन्


एजेन्सी – धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले देश छोडेकी साउदी युवती राहफ मुहमुद अल–क्वुनुन क्यानडा पुगेकी छन् । १८ वर्षकी राहफको परिवार कुबेतमा बस्दै आएका छन् ।

उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप लगाएको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् । राहफ मोहम्मद अल कूनन, १८, बैंककमार्फत अष्ट्रेलिया भाग्ने कोसिसमा थिइन् । तर बैंककको एयरपोर्टमा फसेपछि उनलाई उनको परिवारले कुरिरहेको कुवेतमा फिर्ता पठाइने सुरुमा बताइएको थियो ।

उनी आफ्नो परिवार भएठाउँ कुनै पनि हालतमा नफर्कने जिद्दीसहित आफूलाई एयरपोर्टको होटल रुममा थुनिन् र सोसल मिडियामार्फत आफ्नो स्थितीबारे जानकारी दिइन् । उनको मुद्दाले अन्तरराष्ट्रिय ध्यान खिचेको थियो ।

क्यानडाले युएनएचसिआरको आग्रहमा राहफलाई आफ्नो देशमा शरण अर्थात आश्रय दिने बतायो । त्यसपछि राहफ क्यानडा पुगेकी हुन् ।क्यानडाकी विदेश मन्त्री क्रिष्टिया फ्रिल्याण्डले राहफलाई सहासी नयाँ क्यानडेलीका रुपमा चिनाइन् । उनले भनिन, ‘राहफ सहासिली युवा महिला हुन् र धेरै भोगेकी छन‘ उनी अब आफ्नो नयाँ घर जाँदै छिन् ।’

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश जहिले पनि बिना कुनै आनाकानी मानवअधिकारको पक्षमा उभिने गरेको र राहफका बारेमा संयुक्त राष्ट्रसंघले आग्रह गरेपछि आफूहरुले शरण दिने निर्णय गरेको उल्लेख गरेका थिए ।

स्वतन्त्रताको खोजीमा देश छोडेकी साउदी युवतीले पाउने भइन् क्यानडामा शरण