काठमाण्डु- भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुन: भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।
अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोलबारे टिप्पणी गर्दै भने- ‘यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।’
कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबी गरेका छन् । शनिबार राति सार्बजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।
भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ । सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।
प्रतिक्रिया