एजेन्सी – भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन् ।
दुई ठाउँबाट चुनाव उठेका गान्धीले केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइरहेको छ ।
इकोनोमिक्स टाइम्सका अनुसार गान्धीले मतगणना सकिएको केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएउँदै चुनाव जितेका हुन् ।
अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा आठ हजारभन्दा बढी मत पछाडि छन् ।मतगणनाको नतिजा आज बेलुकीसम्म आइसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया