एजेन्सी – भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भारतको संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको नागरिकता (संसोधन) विधेयकको संसदमा विरोध गर्ने बताएका छन् ।
बुधबार भारतको संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक अनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता प्राप्त गर्ने बाटो खुला हुनेछ । बिहीबार वानाडका सांसदसमेत रहेका गान्धीले बिहीबार आफ्नो पार्टीले संसदमा उक्त विधेयकको विपक्षमा आवाज उठाउने बताएका हुन् ।
उनले बिहीबार केरेलास्थित कोजिकोडमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘यस मुलुकमा कुनै किसिमको विभेदविरुद्ध कांग्रेसले आवाज उठाउने छ । त्यसकारण कुनै पनि उत्पीडन र अत्याचारमा कुनै पनि नागरिक पर्न नहुने कांग्रेसको मान्यता छ । हामीलाई विश्वास छ कि सबै धर्म, वर्ग, समुदायका भारतीयहरु समान हुन् ।’
प्रतिक्रिया