काठमाण्डु-देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना छ ।
देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ । यस्तै, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ ।
आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना भने छैन ।
ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया