काठमाण्डु- काठमाण्डुमा अहिले वर्षा भइरहेको छ।
काठमाण्डु उपत्यकालगायत वरिपरि क्षेत्रमा ठुलो हावाहुरीसहित वर्षा भइरहेको छ। देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
यस अतिरिक्त गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न स्थानमा वर्षा भएको हो ।
प्रतिक्रिया