राईनो संरक्षण गोल्डकपको उपाधि संकटाको पोल्टामा

राईनो संरक्षण गोल्डकपको उपाधि संकटाको पोल्टामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी–नवलपरासीमा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि संकटा क्लब काठमाडौंले हात पारेको छ।

 

बिहीबार कोल्हुवामा सम्पन्न फाइनल खेलमा एपीएफलाई पखा लगाउदै संकटाले उपाधि चुमेको हो।

 

 

विजेता संकटा क्लब काठमाडौंले नगद पाँच लाख २५ हजार पाँच सय ५५ प्रमाण पत्र पाएको छ। उपविजेता नेपाल एपिएफले नगद दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ।

 

 

 

खेलको निर्धारित समयसम्म दुवै समूहबाट एक–एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। निर्धारित समयको ७१ मिनटमा एपिएफका हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनेटमा

 

 

 

 

संकटाका विदेशीमुलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुबैतर्फबाट एक–एक गोल भएको थियो। खेल ट्राइबेकरमा समेत चार–चार गोल भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो।

 

 

सडन डेथमा नेपाल एपिएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राईनो संरक्षण गोल्डकप फुटबल विजेता बन्न सफल भएको हो।