काठमाण्डु– तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एक पत्रकार मृत भेटिएका छन् ।
एभिन्युज टेलिभीजनका पत्रकार सुरेश रजक पूर्णरुपमा जलेको अवस्थामा मृत फेला परेका हुन् ।
ईन्द्रेणी सहकारी भएको घरको चौँथो तलामा टेलिभिजनका लागि दृष्य खिच्न गएका रजक जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका हुन् ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि उक्त भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
प्रतिक्रिया