रजनी गुरूङले ल्याइन् ‘साँच्चै भन त’ (भिडियोसहित)

रजनी गुरूङले ल्याइन् ‘साँच्चै भन त’ (भिडियोसहित)


काठमाण्डु-अभिनेत्री तथा मोडल रजनी गुरूङको ‘साँच्चै भन त!’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । भिडियोमा आफ्नै प्रस्तुति रहेको उनले ‘मंगली’ उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडियोमा राजनीसहित पल शाह र विजय पुनको अभिनय छ । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो ।

रजनीले यसअघि पनि ‘माइली साली’ सोल्टी बजारमा ‘माली गाई लाई बाटेको दाम्ला’ बोलको गीतमा अभिनय गरिसकेकी छन् ।