टिकट वितरणमा असन्तुष्टी जनाउदै राजपाका केन्द्रीय नेताहरू नै धर्नामा

टिकट वितरणमा असन्तुष्टी जनाउदै राजपाका केन्द्रीय नेताहरू नै धर्नामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–आसन्न निर्वाचनका लागि पार्टीले टिकट वितरणमा विभेद गरेको भन्दै राष्ट्रिय जनत पार्टी नेपालका केन्द्रीय नेताहरु नै धर्नामा बसेका छन्।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटमा विभेद भएको तथा पारदर्शी नभएको भन्दै राजपाका महासचिव केशव झासहित १४ जना केन्द्रीय तहका नेताहरू बुधबारबाट धर्नामा बसेका हुन्।

 

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना बसेका उनीहरुले समानुपातिक सूचीमा पार्टीको मर्यादाक्रम अनुसार नाम सच्याउनुपर्ने माग राखेका छन् भने प्रत्यक्षतर्फको उम्मेदवार चयन पारदर्शी हुनुपर्ने माग अघि सारेका छन्।

 

उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार छनोट गर्दा केन्द्रीय निर्वाचन समिति गठन गर्नुपर्ने माग राखेका छन्।

 

धर्नामा महासचिवद्वय केशव झा र पेशल ढकाल, केन्द्रीय सदस्यहरु वीपी यादव, दीपककुमार झा, दिपेन्द्र अग्रवाल र नगेन्द्र झा रहेका बसेका छन्।

 

यसैगरी, राजपाको युवा संगठन संयोजक रोशनसिंह राणा, विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मनिष मिश्रा र ज्ञानेन्द्र झा, उपाध्यक्ष विनोदकुमार मण्डल, सहमहासचिव इन्दु गुप्ता, यूवा संगठन केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, महासचिव गायत्री कुमारी र यूवा इञ्जिनीयर रामविनोद राय पनि धर्नामा बसेका छन्।