श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौंमा

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौंमा


काठमाण्डु-श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे नेपाल भ्रमणमा आएका छन् ।

राजापापक्षे भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनी अर्बपति विनोद चौधरीको आमन्त्रणमा नेपाल आएका हुन् । उनी झम्सिखेलस्थित मिभान्ता होटलमा बसेका छन् । ७५ वर्षीय राजपक्षे र उनकी श्रीमती ड्रुक एअरको उडान नम्बर केबी ४०० उडानबाट दिउँसो काठमाडौंमा अवतरण गरेका हुन् ।

भिभान्तामा दुई दिन बसेपछि उनीहरू बुधबार भरतपुर जाने कार्यक्रम छ । त्यहाँ तीन दिन चितवन घुमेर उनीहरू लुम्बिनीसमेत पुगेपछि आगामी आइतबार काठमाडौं फर्किने छन् ।

दुई वर्षअघि श्रीलंकामा आर्थिक संकट हुँदा राजपाक्षे सैनिक विमानमा देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँबाट पनि भागेर सिंगापुर हुँदै थाइल्याण्डमा बसेका थिए ।

नेपाली व्यवसायी विनोद चौधरीको श्रीलंकामा होटल र बैंकमा लगानी छ । उनले दक्षिण एसियाका भारत, श्रीलंका, माल्दिभ्ससहितका कयौँ देशमा लगानी गरेका छन् ।