राजस्व अनुसन्धान विभागका महानिर्देशकको ८ महिनामै सरुवा,अधिकारीलाई जिम्मेवारी

राजस्व अनुसन्धान विभागका महानिर्देशकको ८ महिनामै सरुवा,अधिकारीलाई जिम्मेवारी


काठमाण्डु- राजस्व अनुसन्धान विभागका महानिर्देशकको ८ महिनामै सरुवा भएको छ । महानिर्देशक प्रकाश पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।

उनको ठाउंमा सामान्यमै रहेका सहसचिव झलकराम अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । पौडेलले गत असोज १८ मा विभागको जिम्मेवारी पाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा राजस्व विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइउको थियो । विभागको जिम्मेवारीबाट हटाइएका पौडेलले सोमबार आफ्नो कार्यकालभर भएका कामको फेहरिस्त समेत सार्वजनिक गरेका थिए ।

उनले आर्थिक वर्षमा विभागीय प्रमुखहरु दुई पटक परिवर्तन हुंदा समेत अनुसन्धान र अभियोजनको काम निरन्तर भएको दावी गरेका छन् ।