राजधानी घोषणा नभएसम्म दाङ बन्द गर्ने घोषणा

राजधानी घोषणा नभएसम्म दाङ बन्द गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – पांंच नम्बर प्रदेशको राजधानी दाङ नभई बुटवल हुने सम्भावना बढेपछि राजधानीको माग गर्दै दाङमा आज अनिश्चितकालीन बन्दसहित प्रदर्शन सुरु गरिएको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगायतका मुख्य बजार र सडकहरुमा आज विहानैदेखि प्रदर्शन सुरु भैरहेको छ ।

 

बजारका मुख्य(मुख्य  चोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ भने नाराबाजी र जुलुसहरु समेत निस्केका छन् । हालसम्म दाङमा उच्च अदालत, प्रदेश प्रहरी ईकाई र प्रदेश स्तरीय राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

 

प्रदेशको प्रमुख केन्द्र पर्ने, पर्याप्त भौतिक संंरचना,सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई राजधानी तोक्नुपर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको भुसालले जानकारी दिए ।

 

प्रदेशको राजधानी तोक्न र प्रदेश प्रमुखको नियुक्ति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा वसेको मन्त्रीपरिषद्को बैठक समेत स्थगित भएको  छ । मन्त्रीपरिषद्को बैठकमा ५ नं. प्रदेशको राजधानी बुटवललाई तोक्ने प्रस्ताव अगाडि बढेको बताइएको छ ।

 

यसअघि दाङलाई प्रदेशको राजधानी बनाउने तयारी गरिएको थियो ।