राजधानीमा भारी वर्षाको सम्भावना, मौसमविद भन्छन्- सतर्क हुनुस्

राजधानीमा भारी वर्षाको सम्भावना, मौसमविद भन्छन्- सतर्क हुनुस्


काठमाडौं – रातिदेखि मुलुकभर वर्षा भएको छ । पूर्वका केही स्थान, मध्ये र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा पछिल्लो २४ घन्टामा ८८ मिलिमिटर वर्षा भएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।

साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षा हुने अनुमान गरिएको छ ।