काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नयाँ आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकारको सिफारिसमा चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
संसदीय समितिबाट अनुमोदित भएका रेग्मी पूर्वमुख्यसचिव हुन् ।
प्रतिक्रिया