राजदूत नियुक्तीबारे परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले

राजदूत नियुक्तीबारे परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले योग्यता र क्षमताका आधारमा राजदूत नियुक्ती गर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री ज्ञवालीले राजदूत नियुक्तीलाई मर्यादित र व्यवस्थित बनाउने बताए । यसअघि सरकारले पैसा र प्रभावका आधारमा राजदूत नियुक्ती गरेको भन्दै उनिहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको बेला ज्ञवालीको यस्तो भनाई आएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुंदा राजदूत नियुक्त भएकाहरुलाई फिर्ता बोलाउने र रिक्त ठाउमा राजदूत पठाउने सरकारको तयारी छ । हाल भारतलगायत आधा दर्जन मुलुकहरुमा नेपाली राजदूतावास राजदूत विहिन रहेको छ ।

मन्त्री ज्ञवालीले राजदूत नियुक्ती प्रक्रिया समेत पारदर्शी बनाउने दाबी गरेका छन् । उनले नेपाल र भारतबीच देखिएको सिमा बिवाद हल गर्ने दिशामा सरकारले काम अघि बढाइसकेको जानकारी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दाबी गरे ।