काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख दीपक थापा युवा संघको सहअध्यक्ष रहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौँको बल्खुमा आयोजित बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख आईजीपी थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाएका हुन्।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् ।
उनले भने ‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपायर हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
प्रतिक्रिया