सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना पक्राउ

सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ परेका छ्न् ।

लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नेता बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत रहेका छन् ।

तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग सहितका प्लेकार्ड बोकेर सिंहदरबारभित्रै नारा लगाएका थिए ।

पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।