मन्त्री बनेपछि महतोले फेरी भनेः एकल राज्य स्वीकार्य छैन, बहुल राज्य निर्माण गरौं

मन्त्री बनेपछि महतोले फेरी भनेः एकल राज्य स्वीकार्य छैन, बहुल राज्य निर्माण गरौं


काठमाण्डु – उपप्रधानमन्त्री राजेन्द्र महतोले पुनः एकपटक नेपाल बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका छन् ।

शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएपछि शपथ ग्रहण गर्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए । सो अभिव्यक्तिपछि विवादमा तानिएका मन्त्री महतोले शनिबार पुन: सोही अभिव्यक्ति दोहोर्याएका छन् ।

जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल राज्य निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

मन्त्री महतोले थारूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरीको विषयमा सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए ।