संविधानको विरोध गर्ने राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीहरू पक्राउ

संविधानको विरोध गर्ने राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीहरू पक्राउ


काठमाण्डु-संविधान दिवसमा संविधानको विरोध गरेकोमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीले संविधान दिवसमा विरोधमा सडक प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन् । ‘असोज तीन कालो दिन’ भन्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि विरोध गरेका छन् ।

२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसीको छातीमा गोली ठोकिएको भन्दै महतोले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गरे ।