जसपाले सरकारको नेतृत्व दाबी गर्ने क्षमता भएको छैनः राजेन्द्र महतो

जसपाले सरकारको नेतृत्व दाबी गर्ने क्षमता भएको छैनः राजेन्द्र महतो


काठमाण्डु – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अहिले नै आफूहरुसँग सरकारको नेतृत्व दाबी गर्ने क्षमता भइनसकेको बताएका छन् । बुधबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले सरकारको नेतृत्व दाबी गर्ने क्षमता नभएको बताएका हुन् ।

‘सरकारको नेतृत्व दाबी गर्ने क्षमता भइसकेको छैन । क्षमता जनताले दिएपछि दाबी पनि गरौँला !’, उनले भने ।

उनले सरकारले आफूहरुलाई ठग्ने बाहेक अन्य काम नगरेको भन्दै सरकारमा जाने विषयमा छलफल भइरहेको बताए । उनले रेशम चौधरीको रिहा, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन गरे सरकारमा जान सकिने बताएका छन् ।

अहिलेसम्म हामीलाई ठग्नेबाहेक केही काम भएको छैन, कार्यदल त बन्छ नि, कुरा गर्नु परेन ? कुरा गर्नुप¥यो नि त ! तर सरकारमा जानेबारे कुरै भएको छैन’, उनले भने, ‘सत्ताको कुरा गर्दैनौं भनेर कहिल्यै भनेको छैन । मुख्य कुरा माग पूरा गराउने हो । अब धोकाधडी चल्दैन । माग पूरा भएपछि अरू कुरा गर्छौं ।’