प्रधानसेनापति क्षत्री मंगलबार चीन जाँदै, यस्तो छ कारण

प्रधानसेनापति क्षत्री मंगलबार चीन जाँदै, यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री मंगलबार चीन भ्रमणमा जाँदैछन्।  चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमाँबलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरु चीन तथा म्यान्मारका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच  हुने तयारी भइरहेकाे। संयुक्त सैन्य अभ्यास चीनमा हुनेछ।

गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म काठमाडौंको महाराजगन्जस्थित विशेष बाहिनीमा नेपाल र चीनका सेनाहरुबीच सैन्य अभ्यास भएको थियाे।

आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै आएका छन्।