प्रधानसेनापतिलाई भेटे इजरायली गैरआवासीय सैनिक सहचारीले

प्रधानसेनापतिलाई भेटे इजरायली गैरआवासीय सैनिक सहचारीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि ईजरायलको गैरआवासीय सैनिक सहचारी कोल इफ्राम डिफिनले भेट गरेका छन्।

 

 

 

भारतको नयाँ दिल्लीस्थित इजरायली राजदूतावासमा कार्यरत नेपालको लागि गैरआवासीय सैनिक सहचारीले प्रधानसेनापतिसँग सोमबार जङ्गीअड्डामा शिष्टाचार भेट गरेका हुन्।

 

 

भेटवार्ताका क्रममा प्रधानसेनापति र सैनिक सहचारीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।