अन्ततः न्याय भयो राजेन्द्रमानलाई,चौतर्फी दबावपछि डिआईजीमा बढुवा सिफारीस

अन्ततः न्याय भयो राजेन्द्रमानलाई,चौतर्फी दबावपछि डिआईजीमा बढुवा सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारीस गरेको छ । बढुवा समितिको भदौ ५ मा बसेको बैठकले श्रेष्ठलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो ।  गत बर्षको साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै बेहोस भएर ढलेका श्रेष्ठ अहिलेसम्म होसमा आएका छैनन् । उनको मष्तिस्क बाहेक सवै अंग सामान्य छन् ।

 

गृहमन्त्रालयले यसअघि उनकै ब्याचका एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीलाई डिआईजीमा बढुवा गरेपनि श्रेष्ठलाई बढुवामा छुटाएको थियो । हाल अस्वस्थ रहेका श्रेष्ठलाई सरकारले बढुवामा छुटाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । सरकारले चौतर्फि आलोचना भएपछि उनलाई बढुवा गर्न बिशेष पद नै सिर्जना गरेर प्रक्रिया अघि बढाएको थियो ।

 

२०४६  फागुन २८ मा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा भर्ना भएका श्रेष्ठ सुरुदेखि नै अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनलाई भावी प्रहरी महानिरीक्षकको रुपमा समेत हेरिएको थियो । श्रेष्ठले दिल्लीस्थित दूतावासमा समेत कन्सुलरको रुपमा काम गरेका थिए ।