काठमाण्डु – गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर दुर्व्यवहार गरेका दावा शेर्पाले गायक राईलाई खादा ओढाएर माफी मागेका हुन् ।
गत शुक्रबार अमेरिकाको न्युयोर्कमा कार्यक्रमकै दौरान स्टेजमै राईमाथि आक्रमण भएको थियो । अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक राईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् ।
लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी र खादा) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका हुन् । राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ । त्यस्तै आयोजक टिमले समेत राईमाथि भएको दुर्व्यवहारको गम्भीर ध्यानाकर्षण भएको भन्दै माफी मागेको छ ।
प्रतिक्रिया