काठमाडौं– एमालेको युवा संगठन युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले पदबाट राजीनामा दिएका छन्।
गत मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेश सदस्यमा निर्वाचित भएका पहारीले बुधबार संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
२०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ।
प्रतिक्रिया