काठमाडौं – कुनै पनि व्यक्तिको आत्मसम्मान सवैभन्दा ठूलो कुरा हुने गर्दछ । त्यसैले भन्ने गरीन्छ, धन, सम्पत्ती, पदभन्दा नैैतिकता ठूलो हो । त्यसैले नैतिकताका आधारमा पनि ब्यक्तिले सधै ख्याल गरेको हुन्छ । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् ।
नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन् । तर, उनी पहिलो पात्र भने होइनन् । राजा महाराजको जस्तो जमाना रहेन् र पजातन्त्र होस वा गणतन्त्रको शासन व्यवस्था नै किन् नहोस । बढ्दै गएको सामाजिक चेतना, सामाजिक सञ्जालमा ब्यक्त हुने आलोचना तथा पार्टीको पनि प्रतिष्ठा तथा मिडियाको दवाव पनि उत्तिकै हुने गर्दछ । आलोचनापछि आत्मग्लानी महसुस गरेर राजीनामा दिने प्रधानमन्त्री र मन्त्रीको संख्या कम भने छैन ।
लोकतन्त्रमा जनता बलियो हुन्छ, जहाँ जनताले चुनेकाले जनतामाथि शासन गर्छन् । तर, जसलाई निर्वाचित गरे त्यसलाई पदबाट हटाउन पनि जनता सक्षम छन् । २००७ साल यता धेरै मन्त्री जसले पदभन्दा प्रतिष्ठा ठूलो भन्दै राजीनामा दिए त धेरैले जनआक्रोशलाई रोक्न राजीनामा दिए । विश्व राजनीतिमा प्रतिष्ठाका नाममा राजीनामा दिएर ख्याती कमाएका मन्त्री, नेता जस्तै नेपालमा पनि राजीनामा दिनेको संख्या कम भने छैन ।
१. २००७ साल विपी कोइरालाको राजीनामा
नेपाली काँग्रेसका तत्कालीन नेता विशेश्वरप्रसाद कोइरालाले २००७ सालपछि मोहनशमशेर राणाको प्रधानमन्त्रीत्वमा बनेको सरकारका गृहमन्त्री रहँदा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु भएपछि नैतिकताका कारण राजीनामा दिएका थिए ।
२. २०३० र २०३६ सालमा कीर्तिनिधि विष्टद्वारा प्रधानमन्त्री पदबाट राजीनामा
सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए । त्यस्तै २०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए ।
३. २०६६ सालमा पुष्पकमल दाहालद्वारा पदबाट राजीनामा
नेपाली सेनाका प्रमुख सेनानी रुकमांगत कटुवालसँगको सम्बन्धका कारण तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नौ महिनामै पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
४. २०३६ तत्कालिन सहायक शिक्षा मन्त्री कल्पना विष्टको राजीनामा
अनौपचारिक रुपमा विश्वकपमा सहभागी हुने विषयमा दिएको अभिव्यक्तिकै कारण मन्त्री पद खोसिएको थियो ।
५. २०३६ सालमै स्वास्थ्य राज्यमन्त्री मन्त्री मण्डलले वीर अस्पतालकी नर्सलाई अपशब्द बोलेको कारण राजीनामा दिनुपरेको थियो ।
६. २०४५ सालमा केशरबहादुर विष्टद्वारा शिक्षा तथा खेलकुद मन्त्रीबाट राजीनामा
दशरथ रंगशालामा खेल भइरहेको समयमा आएको हावाहुरीका कारण ७१ जना नागरिकको ज्यान गएपछि विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
७. २०६८ सालमा शरतसिंह भण्डारीको राजीनामा
बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका शरतसिंह भण्डारीले देश टुक्रिने अभिव्यक्ति दिएपछि चर्को आलोचना भएको थियो । आलोचना पछि मधेशी जनाधिकार फोरमले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
८. २०७२ असार १५ मा मन्त्री हरिप्रसाद पराजुलीको राजीनामा
सुशील कोइराला नेतृत्वको सरकारमा कृषि मन्त्री भएका पराजुलीले काठमाडौंको मूलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई राजीनामा दिन पार्टीले निर्देशन दिएको थियो ।
९ . २०७२ मा उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्त
सुशील कोइराला नेतृत्वको सरकारमा तत्कालीन नेकपा एमाले नेतृ राधा ज्ञवालील सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लागेको थियो । उनको राजीनामा माग्दा समेत ज्ञवालीले राजीनामा नदिएपछि उनलाई बर्खास्त गरिएको थियो ।
१० .२०७२ सालमा पुरुषोत्तम पौडेलद्वारा खेलकुद मन्त्रीबाट राजीनामा
राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा पौडेलले पदिय य आचरण अनुसार काम नगरी भ्रष्टाचार गरेको आरोपमा पौडेललाई राजीनामा दिन निर्देशन गरिएको थियो ।
११ .२०७४ सालमा दिलनाथ गिरीद्वारा सहरी विकासमन्त्रीबाट राजीनामा
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा पार्टी अध्यक्ष कमल थापासँग भएको विवादलाई मुख्य कारण बनाएपछि हेपिएर पदमा बस्नु उचित नहुने भन्दै गिरीले राजीनामा दिएका थिए ।
१२ .२०७५ सालमा शेरबहादुर तामाङद्वारा कानूनमन्त्रीबाट राजीनामा
बंगलादेशमा पढ्न जाने छात्राको बारेमा दिएको नकरात्मक टिप्पणीका कारण तामाङले पद भन्दा प्रतिष्ठा ठूलो भन्दै राजीनामा दिएका थिए ।
यिमध्ये धेरैले नैतिकताका आधारमा राजीनामा दिएका थिए भने धेरै राजीनामा दिन बाध्य भए । तर, सत्य यहि हो कि पछिल्लो समय मन्त्रीहरुमा मन्त्रालय सम्हालेको दम्भ बढ्दा २०४५ साल पूर्व नैतिकताका आधारमा राजीनामा दिएका मन्त्रीबाट अन्य मन्त्रीले पनि सिक्न जरुरी छ ।
प्रतिक्रिया