जाजरकोटमा राजिव शाहले पैसा बांडेको वामगठबन्धनको आरोप,लाखौं पैसासहित ३ जना पक्राउ

जाजरकोटमा राजिव शाहले पैसा बांडेको वामगठबन्धनको आरोप,लाखौं पैसासहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट –जाजरकोटका विभिन्न ठाउमा नेपाली कांग्रेसका कार्यकर्ता पैसासहित पक्राउ परेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधीसभाको उम्मेदवार रहेका राजिव विक्रम शाहले पैसा बांडेर भोट किन्न खोजेको माओवादी केन्द्रको आरोप छ ।

 

 

शाहले दलित वस्ती र आर्थीक अवस्था कमजोर भएको क्षेत्रमा पैसा बाडेको माओवादीको भनाई छ । कांग्रेसले भने उक्त पैसा भोट किन्न नभई चुनाव परिचालन गर्न पठाइएको जनाएको छ ।

 

 

प्रतिनिधीसभा र प्रदेश सभाको चुनाव आउन एक दिन बांकी रहेको बेला कांग्रेस कार्यकर्ता जयप्रसाद उपाध्याय ३५ हजार नगदसहित प्रक्राउ परेका छन् । जाजरकोटको कुशेमा उपाध्यायलाई पक्राउ गरिएको माओवादी केन्द्रका नेता अमरसिंह राठौरले जानकारी दिए ।

 

 

 

त्यसैगरी, भेरी नगरपालिका स्यालामा कांग्रेस कार्यकर्ता शेरबहादुर सुनार ३५ हजार ५ सय सहित पक्राउ परेका छन् । वामगठवन्धनका कार्यकर्ताले शुक्रवार भेरी नगरपालिकाको पिपेमा गोरे राना ७१ हजारसहित पक्राउ परेका थिए ।