राजकुमारी मार्थाका पूर्वपतिले गरे आत्महत्या

राजकुमारी मार्थाका पूर्वपतिले गरे आत्महत्या


एजेन्सी – नर्वेका राजकुमारी मार्था लुइसका भूतपूर्व पतिले आत्महत्या गरेका छन् । नर्वेका राजा हराल्डका पूर्व ज्वाइँ अरी बेहनले आ्महत्या गरेको नर्वेका राजा रानीले जानकारी दिएका छन् ।

राजा रानीले एक वक्तव्य जारी गर्दै बेहन लामो समयसम्म राज परिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति सदैव राम्रो व्यक्तित्वको रुपमा रहने उल्लेख गरेका छन् ।

डेनर्माकमा जन्मेका अरीले २००२ मा राजकुमारी मार्थासँग विवाह गरेका थिए । ४७ वर्षीय अरी बेहन तीन सन्तानका पिता हुन् ।